२३ असार २०८३, मंगलबार

शान्तिलाई बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्छ : नेता खनाल

शान्तिलाई बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्छ : नेता खनाल
फाइल फोटो

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताएका छन् । 

भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मानसिक शान्ति मैत्री, करुणा, दया, संयम, नम्रता, क्षमा, अहिंसा, प्रेम र अहंकारबाट तथा सामाजिक शान्ति सामाजिक न्याय र विकासबाट प्राप्त हुन सक्ने स्पष्ट गरे ।  

उनले आश्रमले चलाएको सनातन गुरुशिष्य परम्परा, लोकोपकारी र मानवीय गतिविधि तथा धर्मनिरपेक्ष आध्यात्मिकता र सांस्कृतिक सद्भावको अभियान नेपालमा पनि चलाउनका लागि आश्रमसँग मिलेर काम गर्न सकिने बताए । मंगलवार आयोजित कार्यक्रममा उनले पद्भूषण भरत मोहनलाललाई उनले मलायम सिनेमामा दिएको योगदानवापत सन्तगिरि प्रणव पद्म पुरस्कार पनि प्रदान गरे । आइतवार त्यसतर्फ जानुभएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता खनाल श्रीलंकामा हुने एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन(आइक्याप) बैठकमा पनि सहभागी हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्