११ असार २०८३, बिहीबार

वरियता मिचेर निमित्त दिएपछि कुलेलम !

चैत १३, २०७५
वरियता मिचेर निमित्त दिएपछि कुलेलम !

सुर्खेत-चिंगाड गाउँपालिका सुर्खेतमा नयाँ र अचम्मको परम्पराको थालनी भएको छ । सामान्य प्रशासन मन्त्रालयले जारी गरेको कर्मचारी व्यवस्थापन कार्यविधि २०७४ मा स्पष्ट प्रशासन तर्फकै आफूभन्दा तल्लो कर्मचारीलाई निमित्त दिनुपर्नेमा स्वास्थ्यतर्फका अधिकृत छैठौं तहका कर्मचारीलाई निमित्त दिएका हुन् ।

हाल गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा पदम जिसीले निमित्त पाउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले सोमवार स्वास्थ्य शाखा छैठौं तहका संयोजक चर्तुभुज गौतमलाई निमित्त दिएर कुलेलम ठोकेका छन् ।

उनी नेपालगञ्जमा ३ दिने आर्थिक तथा वित्तीय व्यवस्थापन सम्बन्धी तालिममा सहभागि हुन आइतवार नेपालगंज गएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत आठौं तहका कर्मचारी कार्यरत छन् ।

विगतमा स्थानीय तहको सरकार संचालन २०७३ फागुन २९ देखि २०७३ चैत १० सम्म निमित्त कार्यकारी अधिकृतको रुपमा नासु गोपी प्रसाद पौडेललाई सरकारले जिम्मा दिएको थियो । त्यस्तै, २०७३चैत ११ देखि कार्यकारी अधिकृतको रुपमा रेबत बहादुर बुढाथोकी आएपछि विभिन्न समयमा जिल्ला विकास समितिबाट काज खटिई आएका नासु नविन कुमार केसीलाई निमित्त दिने गरिएको थियो ।

त्यसपछि २०७४ कात्तिक ०५ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा टेक बहादुर खत्री आए । उनले विभिन्न समय र ४५ दिने तालिम काठमाडौमा संचालन भएको समयमा समेत निमित्त प्र.प्र.अ.को रूपमा ना.सु. नविन कुमार केसीलाई नै निमित्त जिम्मा दिएका थिए ।

गाउँपालिकाका एकजना कर्मचारीले त्यसरी निमित्त दिइएकोमा आश्चर्य व्यक्त गरेका छन् । ‘विगतमा सधैं प्रशासन तर्फका सुब्बा वा सूचना अधिकारीले पाउने गर्दथे,’ नाम नबताउने शर्तमा उनले भने, ‘पक्कै पनि यो कार्य रहस्यमय नै छ ।’

यता, गाउँपालिकाका सूचना अधिकारी पदमबहादुर जिसीले अन्य १३ वटा गाउँपालिकामा प्रशासनतर्फ सुब्बाले निमित्त भएर काम गरिरहेको बताए । उनले प्रमुख प्रशासकीय अधिकृतले किन त्यस्तो गरे कुनै जानकारी नभएको बताए ।

‘सूचना अधिकारीको रुपमा म कार्यरत छु,’ उनले भने, ‘उहाँले नयाँ नियम ल्याउनु भएको जस्तो लाग्यो । म नै निमित्त प्रमुख हुनुपर्छ भन्ने होइन तर परम्परा उहाँले परम्परा तोड्नुभयो, किन तोड्नुभयो त्यो मलाई जानकारी छैन ।’

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्री भने आफुले वरिष्ठताको आधारमा मात्रै निमित्त दिएको बताए । ‘कानूनमा के व्यवस्था छ, मलाई थाहा भएन,’ उनले भने, ‘अब कार्यालय फर्केपछि सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखेर बुझ्नेछु । सुब्बा पाँचौ तहको भएको र स्वास्थ्य शाखामा छैठौं तहका कर्मचारी भएका कारण त्यस्तो गरेको हुँ ।’

उनले आगामी दिनमा कहाँ के गल्ति भएको हो सच्याएर जाने प्रतिबद्धता उनले जनाए । सुर्खेतकै एक गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतले भने सूचना अधिकारीलाई नै निमित्त दिँदै आएको बताए । ‘विगतको मन्त्रालयको परिपत्र अनुसार मैले प्रशासनतर्फ सुब्बालाई मात्रै निमित्त दिने गरेको छु,’ उनले भने, ‘नियमसँगत उहाँले सुब्बालाई नै दिनुपर्थ्यो । २०७४ कात्तिक ०५ गतेताका गाउँपालिकाका सूचना अधिकारी पनि बाहिर जाने भएका कारण मैले अर्कोलाई जिम्मा दिएको थिएँ । मेरो यसमा कुनै स्वार्थ छैन ।’

salt training

कमेन्ट गर्नुहोस्