१२ असार २०८३, शुक्रबार

‘काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो’

चैत १३, २०७५
‘काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो’

धनुषा–नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन् । 
धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए । 

उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । 
 वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । 

“अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्