२६ असार २०८३, शुक्रबार

विप्लव पार्टीका मोरङ इन्चार्ज पक्राउ

विप्लव पार्टीका मोरङ इन्चार्ज पक्राउ

विराटनगर–प्रहरीले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई पक्राउ गरेको छ । 

प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार श्रेष्ठलाई आज मोरङबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । यसअघि सोही समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । मोरङमा विप्लव समूहको गतिविधिलाई निस्तेज पार्न र नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको केसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्