३१ असार २०८३, बुधबार

अबको तीन दिनभित्रै २८ हजार कर्माचारीको समायोजन

चैत १४, २०७५
अबको तीन दिनभित्रै २८ हजार कर्माचारीको समायोजन

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको तीन दिनभित्रै २८ हजार कर्मचारीको समायोजन गर्ने गरी अन्तिम गृहकार्य अघि बढाएको छ । ८९ हजार निजामती कर्मचारीमध्ये बुधबार रातिसम्म ६० हजार बढीको समायोजन गरिएको छ । समायोजन भएकामध्ये अधिकांशले पत्र बुझिसकेका छन् ।

केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना भएका ८९ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया थालेको मन्त्रालयले हालसम्म तीनै तहमा गरी ६० हजार ६ सय ३४ जना कर्मचारीको समायोजन भइसकेको समायोजन शाखाका उपसचिव केशर पण्डितले जानकारी दिए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्