०७ असार २०८३, आइतबार

ब्रेक्जिट पास भए प्रधानमन्त्री मे पद छोड्न तयार

ब्रेक्जिट पास भए प्रधानमन्त्री मे पद छोड्न तयार

काठमाडौं– बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिट पास भए पद छोड्न तयार रहेको बताएकी छन् । उनले ब्रक्जिट तेस्रो प्रयासमा पास भए आफू पद छोड्न तयार रहेको बुधबार बताएकी हुन् ।

ब्रेक्जिट सम्बन्धी सम्झौता संसदबाट दुई पटकसम्म खारेज भइसकेको छ । अहिले उनले ब्रेक्जिटको पक्षमा सहमति जुटाउन प्रयास गरिरहेकी दैनिक जागरणले लेखेको छ ।

मेले यदी आफ्नो योजनालाई कन्जरभेटिव पार्टीका सांसदहरुले साथ दिन्छन् भने आफू पद छोड्न तयार रहेको बताएकी हुन् । ब्रेक्जिट सम्बन्धी सम्झौता बिहीबार तेस्रो पटक संसदमा पेश गर्ने तयारी छ । 

कमेन्ट गर्नुहोस्