३१ जेठ २०८३, आइतबार

इरानी नागरिकलाई नेपालमा ‘अन अराइभल भिसा’ प्रतिबन्ध

चैत १४, २०७५
इरानी नागरिकलाई नेपालमा ‘अन अराइभल भिसा’ प्रतिबन्ध

काठमाडौं–युरोप छिर्न नेपाललाई ट्रान्जिटका रूपमा दुरुपयोग गर्न थालेपछि नेपाल सरकारले इरानी नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ । 

गृह मन्त्रालयले इरानी नागरिकलाई अध्यागमनको कालोसूचीमा राख्ने प्रस्ताव अघि बढाएको हो । 

अध्यागमन अपराधमा इरानी नागरिकको संलग्नता बढेपछि उनीहरूलाई अन अराइभल भिसा नदिने प्रस्ताव अघि बढाइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्