
रामेछाप– मन्थली नगरपालिकाको सिक्रालमा ट्र्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार साँझ भएको दुर्घटनाका घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्र्याक्टर चालक ओखलढुङ्गा खिजीफलाटेका गेल्जे शेर्पा, रामेछाप पुरानागाउँका एकराज गिरी, उनका छोरा विवेक गिरी, सुनिल गिरी, रमिला गिरी र विजय गिरी रहेका छन् । घाइतेहरूमध्ये एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट निर्माण सामग्री लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्र्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा दुर्घटनामा परेको हो ।