
चितवन– भरतपुर मालपोतबाट एक करोड ७३ लाख रुपैयाँ हिनामिना भएको देखिएपछि कार्यालयका लेखा अधिकृत रिट्ठे दर्जी चार महिनादेखि सम्पर्कविहीन भएका छन् । मातपोतमा संकलित राजस्व दिनदिनै बैंकमा जम्मा गर्नुपर्नेमा लेखा अधिकृत दर्जीले आफैं खर्च गरेको पत्ता लागेको थियो ।
रकम दाखिला गर्न कार्यालयले ताकेता गरपछि मंसिर २५ यता उनी हाजिर भएका छैनन् । संकलित रकम आफैंले मासेको उनले स्वीकारेर कागजपत्रसमेत गरेको भरतपुर मालपोतका प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।, कान्तिपुरमा खबर छ ।