१२ साउन २०८३, मंगलबार

एक जमाना थियो, निजीकरणका नाममा राष्ट्रको सम्पत्ति बेचेर खानेहरू सत्तामा थिए - ओली

एक जमाना थियो, निजीकरणका नाममा राष्ट्रको सम्पत्ति बेचेर खानेहरू सत्तामा थिए - ओली
फाइल फोटो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाह्य लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजित 'नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला'लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार निजीकरणका नाममा सम्पत्ति बेचेर खाने सरकार नभएको बताएका हुन् । 

'एक समय थियो, निजीकरणका नाममा राष्ट्रको सम्पति बेचेर खानेहरू सत्तामा थिए,' प्रधानमन्त्री ओलीले भने, 'तर हामीले निजी र बाह्य लगानीकर्ताहरूलाई पारस्परिक लाभका आधारमा बिजनेस स्थापना गर्न आव्हान गरिरहेका छौं । जनतालाई लाभ हुनुपर्‍यो, राज्यलाई लाभ हुनुपपर्‍यो, स्वयम् लगानीकर्ताहरूलाई लाभ हुनुपर्‍यो ।' 

त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने ओलीको भनाइ थियो । 'अब हामी आर्थिक उन्नतिका लागि लामो समय पर्खिन सक्दैनौं, तीव्र गतिमा अघि बढ्नुपर्छ,' ओलीले भने, 'समृद्धि हासिल गर्नका लागि तीव्र गतिका साथ बहुआयामिक विकास गर्नुपर्ने जरुरी छ । त्यसका लागि भृकुटीमण्डपमा आयोजित व्यापार मेला सहयोगी हुन सकोस्, नेपाल सरकार र उद्योग वाणिज्य संघको यो आयोजना पूर्ण सफल होस् ।'

बिहीवारबाट शुरू भएको व्यापार मेला चैत्र १८ गते सोमवारसम्म जारी रहनेछ । शुक्रवार र शनिवार काठमाडौंमै आयोजना हुन लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्