काठमाडौं- जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि शुरू भएको महाकाली–मेची पदयात्राको टोली बाँकेको कोहलपुरमा पुगेको छ ।
पदयात्रा चैत ३ गतेबाट शुरू भएको हो । नगरपालिकाभित्रका विभिन्न सरोकारवाला निकाय र स्थानीय समुदायसँग पदयात्रीहरूले संवाद गर्दै आएका छन् ।
दलितहरूलाई अझै पनि भेदभाव हुने गरेकाले त्यसलाई अन्त्य गर्न पदयात्राले सहयोग पुर्याउने एक पदयात्रीले बताए ।
कोहलपुरसम्म पुग्दा पदयात्रीले २ सय ५१ किलोमिटर दुरी पार गदै ३ लाख १२ हजार ६ सय ३ पाइला हिँडिसकेका छन् ।