×

NMB BANK
NIC ASIA

पोखरा- छोराको शिक्षादिक्षा राम्रो होस् भन्ने चाहन्थ्यो परिवार । त्यसैले राम्रो स्कूलमा छोरालाई पढाएर उच्च स्थानमा पुर्‍याउने सपना देखेर बाबुआमाले देशमै नामचलेको गण्डकी बोडिङ स्कुलमा भर्ना गरे तरपनि सोचे जस्तो भएन । फेरि छोराको चाहना अनुसार पोखराकै नाम चलेको अमरसिंह स्कूलमा भर्ना गरिदिए । पढाइसँगै खेलकुदमा पनि औधी रुचि छोराको । त्यति मात्र होइन, लागूऔषधको नशामा चुर्लुम्म डुबिसकेका थिए- एचआईभी पोजेटिभ गोपाल श्रेष्ठ ।

Muktinath Bank

लागूऔषधको नशासँग पढाइ र खेलकुद अगाडि बढ्न सकेन । परिवारले लागूऔषधको कुलतबाट छुटाउन अनेकन प्रयत्न गर्‍यो । तरपनि उनी सुध्रने आश मारिसकेको थियो परिवारले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरालाई कसरी लागूऔषधको कुलतबाट छुटाउन सकिएला भनेर परिवारले अनेकन उपाय लगायो । छोरालाई सुधार्न कुनै विकल्प नै बाँकी थिएन श्रेष्ठ परिवारसँग ।


Advertisment
Nabil box
Kumari

सानैदेखि राम्रो फूटबल खेल्थे उनी । गण्डकी बोडिङ छाडेर अमरसिंह स्कूल पढ्दा उनी राम्रै खेलाडी बनिसकेका थिए । उनको खेलबाट प्रभावित सेनाको सिंहनाथ गणले उनलाई फुटबल खेल्न अवसरसमेत दिलायो । केही वर्षपछि उनले सिंहनाथ छाडेर काठमाडौंकै चर्चित फ्रेण्डस् क्लबसँग आबद्ध भएर विभिन्न खेल प्रतियोगितामा सहभागी भए । तर सेनाको तर्फबाट खेलाडी बन्दा समेत उनले लागूऔषधको प्रयोगलाई छाडेनन् । ‘फ्रेण्डस् क्लबसँग आबद्ध हुँदा लागूऔषध जीवनको अभिन्न अंग नै बनिसकेको थियो,' विगत सम्झँदै उनी भन्छन्, ‘म पुरै लागूऔषधको पारखी नै बनिसकेका थिएँ । लागूऔषध रमाइलोको लागि नभई नशानै बनिसकेको थियो ।’

Vianet communication

उनको लागूऔषधको प्रयोगप्रति परिवार जानकार थियो । क्रमश: प्रयोग घट्न भन्दा बढ्न थालेपछि परिवारमा तनाव अझ चुलियो ।

देशमा वैदेशिक रोजगारीमा जाने संख्याहरूको संख्यामा बढोत्तरी हुँदै थियो । पढेलेखेको युवा पुस्ता पुरै वैदेशिक रोजगारीको लागि खाडी मुलुकतिर भाँसिदै थिए । नाउँ चलेको विद्यालयबाट उच्च शिक्षा दिलाएर आनन्दमय जीवन जीउने सपना देखेको पोखरा-७ रत्नचोकको रैथाने श्रेष्ठ परिवारले छोरालाई सुधार्नकै लागि २०४२ सालमा साउदी अरब पठायो ।

साउदीमा लागू पदार्थ सेवन गर्न प्रतिबन्धबारे गोपाल राम्रै जानकार थिए । साउदीमा लागू पदार्थ पूर्णरूपमा वर्जित थियो । त्यहाँ गएपछि उनी सुध्रि ए। पहिलो महिनाको तलबले आफ्नो फूटबलप्रतिको शोखलाई पूरा गर्न बुटलगायत आवश्यक स्पोर्टको सामग्री किने । ड्युटी पछिको खाली समयमा उनले दिनहुँ फूटबल खेल्न थाले । फूटबलप्रतिको उनको लगावका कारण उल्लेख्य सुधार गर्न थाले । उनको खेलमा आएको सुधारबाट कम्पनीका म्यानेजर नै छक्क परे । उनलाई म्यानेजरले कम्पनीको खेलकुद सदस्य बनाए ।

गोपाल खेल र जागिर दुवै ठाउँमा सफल हुँदै गए । मासिक रूपमा आफूले कमाइ गरेको तलब घरपरिवारलाई बेलाबखत पठाइरहन्थे । परिवार पनि अब छोरा सुध्रियो भन्दै प्रफुल्ल हुँदै थिए । गोपाल ओमान जाने भन्दै अकस्मात नेपाल फर्किए । तर परिवारबाट स्वीकृति मिलेन ।

२०४८ सालतिर उनी मीना कुमारीसँग विवाह बन्धनमा बाँधिए । छोरा जन्मियो । घरजमपछि उनी धन कमाउन ताइवान र जापानसमेत पुगे । केही वर्षमै फेरी उनी फर्किए । राम्रो कमाइ हुने ठाँउ छाडेका गोपालले पुरानो लागूऔषधको लत भने छाड्न सकेनन् ।

नेपाल फर्किएपछि गोपालका पुराना साथीहरूसँगको संगत बढ्यो र लागूऔषधलाई पुन: प्रयोग गर्न थाले । गाँजा र चुरोटको कुलतमा स्कूले जीवनबाटै फसेका उनी विदेशबाट फर्किएपछि लागूऔषधका सबै प्रयोगदेखि पारंगत भए ।

लामो समयसम्म लागूऔषधको कुलतबाट टाढा रहेका गोपाल पछिल्लो समयमा गाँजा, चरेशदेखि नशामार्फत सिरिन्जको मध्यमबाट समेत लागूऔषध प्रयोग गर्न थाले । ‘लागूऔषधको कडा प्रयोगकर्ताले प्रयोगमा ल्याउने विधि (सर्पलाई टोकाउने) बाहेक लागूपदार्थका अम्मलीले गर्ने जति सबै प्रयोग गरियो,’ उनी विगत सम्झन्छन्, ‘त्यही बेलाको बिन्दासले जिन्दगीमा खानु हन्डर खाइयो ।’

लामो समयसम्म लागूऔषधको कुलतमा फसेका गोपाललाई साउदी अरब पठाएपछि सुध्रिएको परिवारको दिमागमा ताजै थियो । घरपरिवारको सल्लाहमा गोपाललाई जुनसुकै हालमा रोजगारीको लागि विदेश पठाउने निर्णय भयो । परिवारले निकै सम्झाइबुझाइ गरेपछि उनी रोजगारीको लागि जापान जाने निधो गरे ।

एचआईभीको संक्रमणका शिकार बने गोपाल

विस. २०५४ को कुरा हो, उनी पारिवारीक सल्लाहमा जापान जाने निधो गरे । एजेन्टमार्फत सबै प्रक्रिया पूरा गरे । बिहेपछिको चौथो वर्षको एक दिन उनको जीवनमा आँधीबेहरी आयो । राजधानीको शिक्षण अस्पतालमा पुगेर रगत जचाउँदा एचआईभी पोजेटिभ देखियो । ‘डाक्टरले एचआईभी पोजेटिभ र एडस्का बारेमा बेलिबिस्तार लगाए । ‘डाक्टरले खानपान, आहारबिहार र जीवनशैलीमा सुधार नगरे धेरै बाँच्दैनौं भनेपछि होसहवास् नै उड्यो,' उनले भने, ‘तनाव झेलिनसक्नु भयो। मर्नु त छँदैछ, मृत्युलाई सजिलो बनाउनुपर्छ भन्ने लागेपछि लागूऔषधका डोज झन बढ्यो ।’

लामो समयसम्म नसाको तालमै बित्यो । कमाइ थिएन । दैनिक लागूऔषध किन्न नगद चाहिन्थ्यो । ‘घरपरिवारलाई धम्काउने र घरका सामान चोरी गरेर बेचबिखन गरी लागूऔषध खरीद गर्थें,’ उनी भन्छन्, ‘लागूऔषधको जोहो गर्ने ती दिनहरूमा म लागु पदार्थ पाए खुशी भएर रमाउँथे, नपाए निराश भएर सकमै जान्थे।’

लागूऔषधको नशाको तालमा लागूपदार्थ दुर्व्यसनीबीच बीच एउटै सिरिन्ज प्रयोग गरेका कारण आफू एचआइभीको संक्रमणमा परेको उनी बताउँछन् । ‘दुर्व्यसनीबीच नशाको तालमा सिरिन्ज साटासाट गर्दा एचआईभी संक्रमण भयो,’ उनी भन्छन्, ‘साथी-साथीबीच रगत साँटे माया बढ्छ भन्दै सिरिन्ज साटासाट गर्दा एचआईभी पोजेटिभ देखियो ।’

टिचिङ हस्पिटलमा रगतको रिपोर्ट हेर्दै डाक्टरले एड्स लागेको बताउँदै गर्दा गोपालको होसहवास उड्यो । संसार अन्धकार भयो । उनले केही देखेनन् । बेहोस भए । ब्यूझिँदा आमा र दिदीले सुम्सुम्याइरहेका थिए ।  परिवारलाई अब यो धेरै बाँच्दैन भन्ने लागिरहेको थियो । परिवारले उनलाई मायालु व्यवहार गर्थे । उनले भनेको खान दिन्थे । उनलाई लागूऔषध सेवन गर्न पनि आमाले पैसा दिन्थिन् ।

श्रीमती एचआईभी पोजेटिभ भएको थाहा पाएपछि विक्षिप्त बनिन् । उनलाई हेर्ने श्रीमतीको नजर नै परिवर्तन भयो । धेरै समयपछि भने श्रीमान-श्रीमतीको सम्बन्ध पुरानै अवस्थामा फर्कियो । गोपालले लागूऔषध प्रयोग गरेपनि श्रीमान श्रीमतीबीचको सम्बन्ध सौहार्दपूर्ण थियो । उनलाई एचआईभी संक्रमण भएको पत्तै भएन । यौन सम्बन्ध सुरक्षित भएन ।पछि श्रीमतीमा पनि एचआईभी पोजेटिभ देखियो । ‘हामी दम्पतीमा संक्रमण देखिएपनि छोरा भने सुरक्षित छ,’ उनले भने ।

यसरी छाडे गोपालले लागूऔषध

डाक्टरले एड्स लागेको बताएपछि अब धेरै बाँच्दिनँ भन्ने लाग्यो । ड्रग्सको डोज दैनिक रूपमै बढ्न थाल्यो । घरपरिवार र श्रीमतीसँग नियमित रूपमा डर, धाक, धम्की देखाएर पैसा फुत्काएर छाड्थे । उनको दिनदिनैको धाकधम्की र कलहले परिवारमा तनाव बढ्दो थियो। गोपालले बिस्तारै सोच्न थाले । ‘मलाई एड्स भएको पनि ७-८ वर्ष भयो । यही कुलतमा आफ्नो जीवन र परिवार नै बर्बाद भयो । अब योबाट छुटकारा लिएर बाचुन्जेल समाज र परिवारमा खुशी छर्ने काम गर्छु,’ उनले भने, ' ‘डाक्टरले धेरै नबाँच्ने बताएको पनि झण्डै एक दशक पुग्न आँटेछ । अब पनि म नसुध्रने हो भने एड्सले होइन, ड्रग्सकै कारण  ज्यान जानेछ ।’

उनको बल्ल बुद्धि फिर्यो । उनलाई लाग्यो- अब छोड्नुपर्छ लागूऔषधको प्रयोग ।

प्रयास गरे । तर सोचेजस्तो कहाँ सजिलो थियो र ? उनले घरमा होइन अब सुधार केन्द्र जाने घर सल्लाह गरे । पोखरामा रहेका ‘नौलो घुम्ती’ उनको पहिलो रिहाव थियो । त्यहाँ १ महिना बसे । फेरि अर्को ‘सेरेन फाउन्डेसन’ गए । त्यहाँ पनि उनी करीब एक महिना बसे । त्यसैगरी फेरी काठमाडौंमा रहेको रिहाबको बसाइपछि गोपाल दुर्व्यसनबाट मुक्त भए ।

संक्रमित गोपाल यसरी खुले समाजमा

२०५७ सालतिर पोखरामा नौलो घुम्ती नामक संस्थाले लागूपदार्थ दुर्व्यसन हटाउने अभियान चलायो । एचआईभी संक्रमितहरूको पहिचान गर्‍यो । उनीहरू संगठित बने । आफू संक्रमित भएको खुलासा समेत गरे । संक्रमितहरूको अगुवाइमा 'फ्रेण्डस अफ होप' भन्ने संस्थाको जन्म भयो । उनीहरू यही संस्थामार्फत खुलेर संक्रमितहरूका विभिन्न गतिविधि अगाडि बढाए । उनीहरूलाई घरपरिवार र समाजले हेर्ने दृष्टिकोणमा समेत बिस्तारै परिवर्तन आयो ।

रातदिन ड्रग्सको नशामा चुर्लुम्म डुबेका गोपालको जीवन फेरियो । खुल्ला रूपमा आएपछि आत्मविश्वास बढ्यो । खानपान र बानी व्यवहारमा आएको सुधारले शारीरिक दुर्बलता हट्यो । यति  सम्म कि उनले एचआईभीलाई नै जितिसके जस्तो लाग्न थाल्यो । उनी शारीरिक रूपमै तन्दुरुस्त देखिए । त्यसपछि उनी लागूपदार्थ प्रयोग र एचआईभी संक्रमितको उद्धार र सेवामा जुट्न थाले । अहिले एचआईभी संक्रमितहरूका लागि संक्रमणबाट जोगाउन र शारीरिक क्षमता वृद्धि गर्न एन्ट्री रेट्रो भाइरल नामक औषधि निशुल्क खाने व्यवस्था छ ।

एचआईभी संक्रमित गोपालको सगरमाथा सपना

डाक्टरले एड्स भएको र धेरै नबाँच्ने बताएपनि गोपाल त्यसपछि दुई दशक बाँचिसके । गोपाल आफ्नो भाषामा नाफाको जिन्दगी बाँचिरहेका छन् । एचआईभी भएर २ दशक बिताइसकेका गोपाल समाजको लागि छुट्टै पहिचाहन स्थापित गर्न चाहन्छन् ।

समाजमा कायम रहेको एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न र विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली झण्डा फहराएर रेकर्ड राख्न चाहन्छन् गोपाल । जब आफूमा एचआईभी पोजेटिभ देखियो तब एचआईभी संक्रमितको तर्फबाट सगरमाथामा पाइला टेक्ने संकल्प गरेर २०७० सालमा उनले अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा पर्ने ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला पार गरे । त्यसलगत्तै खुम्बु क्षेत्रमा पर्ने ६ हजार १ सय ८९ मिटर अग्लो आइसल्याण्ड हिमालको सफल आरोहण समेत गरे ।

त्यसपछि गोपालमा सगरमाथा नै चढेर नयाँ किर्तिमान कायम गर्ने साहस बढ्यो । उनी सगरमाथा चढ्ने संकल्पका साथ सगरमाथातिर हानिए । २०७२ साल वैशाख १२ गते महाभूकम्प जाँदा उनी सगरमाथाको दूरी छोट्याउँदै थिए । तर दुर्भाग्य उनी चुचुरो पछ्याउँदै गर्दा गर्दा महाप्रलय नै भयो । हिमालसँगै वरीपरिका डाँडापाखा गर्ल्यामगुर्लुम ढले । सँगसँगै आरोहणमा रहेका ५ जना साथीहरूलाई हिमपहिरोले निल्यो । उद्दारपछि गोपाल दोस्रो पटक मृत्युको मुखबाट फर्किए ।त पनि उनी मृत्युसँग डराएनन् । पैठेजोरी खोजी नै रहे । भूकम्पपछि अहिलेसम्म कसैले आरोहण नै नगरेको जोखिम हिमालको सुचिमा सुचिकृत दोलखाको खान्कार्पू हिमाल चढेर आफूलाई अब्बल देखाए ।

उनलाई महाभूकम्पको त्यो त्रासदीले रोक्न सकेन । केही वर्ष आफ्नो आन्तरिक व्यवस्थापन र भूकम्पले गरेको क्षतिसँग गुमनाम बनेका गोपाल फेरि यसपटक पनि सगरमाथा चढ्ने चाँजोपाँजो मिलाउँदै छन् । सगरमाथा चुचुरो चुमेर किर्तिमानी रेखा कोर्ने तिथिमिति हेर्दैछन् गोपाल ।

कसरी जुट्दैछ आरोहण खर्च ?

सगरमाथा चढ्न ठूलै धनराशी चाहिन्छ । सानोतिनो पैसा र साहसले सगरमाथाको किर्तिमान सम्भव छैन । सगरमाथा आरोहणको लागि दुई-दुई पटक पैसा उठाउन परेको छ गोपाललाई । ०७२ सालमा बल्लबल्ल जोरजाम गरेको पैसा भूकम्पले खाइदियो । अहिले उनलाई ४३ लाख लाग्छ सगरमाथा चढ्न । त्यसमध्ये २५ लाख जति जुटेको छ । अन्य सहयोगका लागि सहयोगी मनहरूको खोजी कार्य जारी छ । सहयोगको लागि उनले पर्यटन मन्त्रालय, विभिन्न संघसंस्था र सहयोगी हातहरूसँग हारगुहार गरिरहेका छन् ।

ड्रिम्स डेष्टिनेसन कम्पनीमार्फत् ५७ वर्षीय गोपाल वैशाखको दोस्रो हप्ता सगरमाथाको चुचुरोमा एचआईभी संक्रमितको तर्फबाट विश्व किर्तिमानी झण्डा फहराउने सपनामा छन् । उनी त्यसको लागि आर्थिक, मानसिक र शारीरिक रूपमा तयारी थालिसकेका छन् ।

पैसा चाहिन्छ । सहयोगी हातहरू उनीतिर बढेका छन् । ४३ लाख खर्चमध्ये २५ लाखजति जुटेको छ । सहयोगी मनहरू खोज्ने क्रम जारी रहेको श्रेष्ठले बताए । ‘जेनतेन २५ लाख जति संकलन भएको छ । अब १५ लाख जति रकम उठाउँन बाँकी छ,’ उनले भने, ‘आर्थिक संकलन अभियान निरन्तर चलिरहेको छ । सहयोगीहरूको मन बढदैछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x