×

NMB BANK
NIC ASIA

स्लोभाकियामा पहिलोपटक महिला बनिन् राष्ट्रपति

चैत १७, २०७५

NTC
Premier Steels

काठमाडौं – भ्रष्टाचारविरोधी नारा लिएर लडेकी जुजाना कापुतोभा स्लोभाकियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी भएकी छन् । उक्त देशमा महिला राज्यप्रमुख हुन लागेको यो पहिलोपटक हो । 

Muktinath Bank

कापुतोभासँग खासै राजनीतिक अनुभव छैन तर उनले उच्च ओहदाका कूटनीतिज्ञ मारोस सेफ्कोभिचलाई दोस्रो चरणको मतदानमा पराजित गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो निर्वाचन असल र खराबबीचको द्वन्द्वका रूपमा वर्णन गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

खोज पत्रकार यान कुसियाकको हत्या भएको एक वर्षपछि यो निर्वाचन सम्पन्न भएको हो । कुसियाकले राजनीतिकर्मी र संगठित अपराधबीचको सम्पर्क खोज्ने क्रममा उनी र उनकी प्रेमिकालाई सन् २०१८ को फेब्रुअरीमा गोली हानी हत्या गरिएको थियो । 

Vianet communication

आफू राष्ट्रपति पदमा लड्ने एक कारण कुसियाकको मृत्यु पनि भएको कापुतोभाले बताइन् । तर स्लोभाकियामा राष्ट्रपतिको कार्यकारी अधिकार हुँदैन । 

सबै मतगणना भइसक्दा उनले ५८ प्रतिशत मत ल्याएकी छन् भने प्रतिद्वन्द्वी सेफ्कोभिचले ४२ प्रतिशत मत पाए । 

वकिलका रूपमा उनले १४ वर्षसम्म चलेको एक मुद्दाका कारण प्रसिद्धि पाएकी थिइन् । अवैध रूपमा फोहरमैला फ्याँक्ने ठाउँ सञ्चालन गरिएको मुद्दामा उनी लडेकी थिइन् । 

उनी ४५ वर्षकी भइन् र दुई सन्तानकी आमा हुन् । उनी उदारवादी प्रोग्रेसिभ स्लोभाकिया पार्टीकी सदस्य हुन् । उक्त दलले संसदमा कुनै पनि सीट जितेको छैन । 

समलैंगिक विवाह र धर्मपुत्रपुत्री ग्रहणलाई वैध नमानिने मुलुकमा उनको उदारवादी दृष्टिकोणले तेस्रोलिंगीका अधिकारको प्रवर्द्धन गर्छ । 

उनले पराजित गरेका उम्मेदवार सेफ्कोभिच युरोपेली आयोगका उपाध्यक्ष हुन् ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x