×

NMB BANK
NIC ASIA

उत्तर प्रदेशमा चुनाव प्रचार : भाजपा चुस्त, प्रमुख विपक्षी सुस्त

चैत १८, २०७५

NTC
Premier Steels

काठमाडौं – भारतको उत्तर प्रदेशमा समाजवादी पार्टी (सपा), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय लोक दल (आरएलडी) को गठबन्धनलाई सत्तारूढ भारतीय जनता पार्टीको मुख्य प्रतिद्वन्द्वीका रूपमा हेरिएको छ । तर चुनाव प्रचारमा भाजपाको तुलनामा गठबन्धनको उपस्थिति नगण्य जस्तै छ । 

Muktinath Bank

भाजपाको कुरा गर्दा मेरठमा –याली गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा चुनावी अभियान शुरू गरिसकेका छन् । उनले अन्य भेलामा सम्बोधन गर्ने योजना पनि बनिसकेको छ । भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह, मुख्यमन्त्री योगी आदित्यनाथ र पार्टीका अन्य नेता पनि चुनावी सभामा व्यस्त छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता गठबन्धनको पहिलो चुनावी सभा अप्रिल ७ मा सहारनपुरको देवबन्दमा राखिएको छ । त्यहाँ पहिलो चरणको मतदान अप्रिल ११ मा हुँदैछ । त्यसअघि गठबन्धनका तीन दलले संयुक्त सभा पनि गरेका छैनन् र फरक फरक चुनावी सभा पनि प्रस्ताव गरेका छैनन् । पहिलो र दोस्रो चरणको चसनावका लागि मनोनयन शुरू भइसकेको छ र टिकट बाँड्ने काम लगभग सकिएको छ । 


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टीका प्रदेश अध्यक्ष नरेश उत्तम स्पष्ट रूपमा भाजपासँग अथाह पैसा भएकाले आक्रामक प्रचार गरेको बताए । 

Vianet communication

बीबीसीसँगको कुराकानीमा नरेश उत्तम भन्छन्, ‘सपा र बसपाका कार्यकर्ता बूथ स्तरमा मानिसलाई मतदानका लागि जागरुक गरिरहेका छन् । केन्द्र र राज्य सरकारका नीति तथा कार्यक्रमका बारेमा अवगत गराइरहेका छन् । मानिसहरूमा भाजपा सरकारविरुद्ध आक्रोश रहेकाले मतदाताहरू गठबन्धनलाई भोट दिन कुरिरहेका छन् ।’

उता कांग्रेस पार्टीले उत्तर प्रदेशमा गठबन्धनमा संलग्न नहुने र एक्लै चुनाव लड्ने निर्णय लिएर प्रतिस्पर्धालाई रोमाञ्चक बनाएको छ । चुनावको हल्लीखल्लीमा भाजपापछि कांग्रेसकै स्वर चर्को छ ।

प्रियंका गान्धीले लगातार भ्रमण गरिरहेकी छन् र आगामी दिनहरूमा राहुल गान्धी र अन्य कांग्रेसी नेताका पनि भ्रमण र सभाका कार्यक्रम राखिएका छन् । 

ठूला सभा र जुलुसमा मात्र नभई धरातलीय स्तरमा पनि गठबन्धनका उम्मेदवारको प्रचार निकै सुस्त देखिएको छ । पार्टीका एक वरिष्ठ नेताले नाम नबताउने शर्तमा अखिलेश यादवले नवरात्रिपछि मात्र चुनाव प्रचारमा निस्कने भनेको बताएका छन् । 

उनका अनुसार, पहिलो संयुक्त सभा पनि नवरात्रिमा नै राखिएको छ । त्यसपछि राज्यका अन्य भागमा संयुक्त सभा राखिनेछन् । 

तर बसपा नेता मायावती चाहिँ उत्तर प्रदेशबाहेक अन्य राज्यमा पनि जुलुस प्रस्ताव गरेका छन् । मायावती नवरात्रिसम्म प्रतीक्षा गर्ने मूडमा छैनन् । उनले मंगलवारदेखि धडाधड सभा गर्दैछिन् । त्यसको आरम्भ उत्तर प्रदेशबाट नभई उडिसाबाट हुँदैछ । 

पार्टीका एक वरिष्ठ नेताका अनुसार, मायावतीेले डेढ महिनामा लगभग १०० वटा सभा गर्ने कार्यक्रम छ । मायावतीको पहिलो चुनावी सभा मंगलवार उडिसामा हुँदैछ र त्यसपछि आन्ध्र प्रदेश र तेलंगाना अनि नागपुरमा सभा छ । 

तर समाजवादी पार्टीका नेता अखिलेश यादव र अन्य नेताको अप्रिल ७ अघि चुनावी कार्यक्रम छैन ।

अखिलेश र मायावतीले मिलेर आफ्ना उम्मेदवारहरूको पक्षमा प्रचार गतिविधि शुरू गरेका छैनन् । 

गठबन्धनले बाँडेको सीट र तिनमा बारम्बार उम्मेदवार बदल्ने गर्नाले कार्यकर्ताहरू निराश छन् तर कार्यकर्ता र नेता यस विषयमा आधिकारिक रूपमा केही पनि भन्न चाहेका छैनन् । 

समाजवादी पार्टीलाई लामो समयदेखि कभर गर्दै आएका लखनउका पत्रकार परवेज अहमदले दुई दलका नेतालाई राजनीतिक रणनीतिको खासै अनुभव नभएकाले गर्दा चुनावी प्रचारमा सुस्तता देखिएको बताएका छन् । 

‘अर्को कुरा यी दुई पार्टीका कार्यकर्ता विगत ३० वर्षदेखि एकअर्काविरुद्ध लडिरहेका छन् । एक झमटमा उनीहरू साथै आउनु मुश्किल काम हो । दुई दलमा गठबन्धनको औपचारिक घोषणा भएको दुई महिनाभन्दा धेर समय बितिसकेको छ तर समन्वयका लागि कुनै संयन्त्र बनाइएको छैन,’ उनले भने । 

उनका अनुसार, यसको असर कार्यकर्ताको मनोबलमा मात्र नभई चुनावी परिणाममा पनि देखिने सम्भावना छ ।

दुवै दलको रणनीति र तालमेलको कमीकै परिणामस्वरूप उक वर्षअघि गठबन्धन गरेको निषाद पार्टीले चुनावको मुखैमा गठबन्धनबाट छुट्टिने घोषणा गरेर एनडीएमा समावेश भएको छ । 

विज्ञहरूका अनुसार, यसबाट चुनावी परिणाममा असर पर्छ कि पर्दैन भन्ने कुरा त अहिल्यै भन्न सकिँदैन तर एक बलियो र प्रभावकारी सहयोगीले छोड्दा रणनीतिक कमजोरी देखिन्छ । 

दुवै पार्टीमा गठबन्धन भए पनि चुनाव प्रचार, जुलुस र चुनावी विज्ञापनका विषयमा तालमेल छैन र यसका लागि स्पष्ट तरिका विकसित भएको छैन । 

यसको फाइदा भाजपाले उठाउन नसके कांग्रेसले उठाउने विज्ञहरूको भनाइ छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x