३० असार २०८३, मंगलबार

हावाहुरी प्रभावित क्षेत्रमा धुर्मुस, ४ सय परिवारलाई राहत सामाग्री हस्तान्तरण

हावाहुरी प्रभावित क्षेत्रमा धुर्मुस, ४ सय परिवारलाई राहत सामाग्री हस्तान्तरण

काठमाडौं- हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)ले हावाहुरी प्रभावित परिवारलाई सोमवार राहत सामग्री वितरण गरेका छन् । 

धुर्मुस–सुन्तली फाउण्डेसनले बाराको अति प्रभावित फेटा गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसाद शाहको रोहवरमा ४ सय परिवारलाई चामल, त्रिपाल, चाउचाउ हस्तान्तरण गरिएको धुर्मुसले जानकारी दिए । 

चितवनमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेका सिताराम हावाहुरीले ठूलो क्षति पुर्याएको जानकारी पाउनासाथ राहत सामग्री लिएर बारा पुगेका थिए । 

आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने सयौं घाईते छन् । 

तस्वीरः सिताराम कट्टेल 'धुर्मुस'को फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्