०१ असार २०८३, सोमबार

यसरी चल्यो बारामा विनाशकारी हावाहुरी

चैत १९, २०७५
यसरी चल्यो बारामा विनाशकारी हावाहुरी

काठमाडौं–जल तथा मौसम विज्ञान विभागका अनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदा बारामा ठूलो हावाहुरी चलेको हो ।
 ‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायु पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेग युक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’ 

विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्