०५ असार २०८३, शुक्रबार

मृतकलाई अस्पतालबाट निकालेर धामीलाई झारफुक गर्न लगाइयो

चैत १९, २०७५
मृतकलाई अस्पतालबाट निकालेर धामीलाई झारफुक गर्न लगाइयो

विराटनगर– कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।
आजको अन्नपूर्ण पोष्ट दैनिक लेख्छ–उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल र लता मण्डल । मृतक थिइन् जहादकै वडा नम्बर ७ की ४० वर्षीय भुवनदेवी मण्डल । घर नजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खु्ट्टामा टोकेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए ।

धामी भने जसरी पनि भुवनदेवीलाई ‘बचाएर छाड्ने’ वाचा गर्दै भीड र आफन्तहरुलाई ढाडस दिइरहेको थिए । परिवारकै सदस्यले सामूहिक रुपमा झारफुक गर्न लगाएरका रहेछन् । बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्