१५ असार २०८३, सोमबार

हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिए नेता कार्यकर्ता

हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिए नेता कार्यकर्ता

पर्सा– बारा र पर्सामा हावाहुरीका कारण पीडित भएकाहरूको उद्धारका लागि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता जुटेका छन् । नेकपाका नेता जीवन आचार्यसँगै दीपेश पुन, प्रकाश रायमाझीलगायत दर्जन बढी युवा नेता तथा कार्यकर्ताहरू प्रभावित क्षेत्रमा खटिएका हुन् । 

यस्तै वाईसीएल नेपालका कार्यकर्ता पनि उद्धारमा जुटेका छन् । मानवीय संवेदनामा सहयोगको भावना बोकेर उनीहरूले स्थानीय पीडितहरुलाई उद्धारमा सहयोग गरिरहेका छन् ।

हावाहुरी प्रभावितहरूलाई सकेको सहयोग गर्न आएको नेता आचार्यले बताए । उनले भने, ‘सकेसम्म पीडामा साथ दिन भनेर आधी रातमा यहाँ आइपुग्यौं ।’

हावाहुरीका कारण घर भत्किएपछि पीडितहरूलाई बस्न र खानको समस्या भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्