
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा टाटा ट्रस्ट र टाटा कम्यूनिटी इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालै मात्र वलेफी गाउपालिका–४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
जालपादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन अत्याधुनिक भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड (कर्पोरेट भेइकल विजनेस युनिट) अजयलाल र टाटा ट्रस्टका सीओओ हरिश कृष्णस्वामीको उपस्थिमा विद्यालय भवन हस्तारण गरिएको छ ।
पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्णरुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।
टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभ को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक विद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भइसकेको छ भने अन्य विद्यालय क्रमशः कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभूत विद्यालय, तपिनारायण आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय र पुल्पिङकट्टि स्वास्थ्य चौकीको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा विद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
टाटा ट्रस्टबारे जानकारी
टाटा ट्रस्ट विगत १०० वर्षदेखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पूराना, गैर साम्प्रदायिक परोपकारी संस्थाहरू मध्येको एक संस्था हो । यसको स्थापना काल देखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवा सम्बन्धी धारणालाई रुपान्तरीत गरी प्रत्यक्ष रुपमा समुदायमा सेवा पु¥याउने खालको समाजसेव्किार्यको थालनी गर्न अग्रणी भूमिका खेलेको छ ।
ट्रस्टद्वारा अनुदानद्वारा वा प्रत्यक्ष कार्यान्वयन एवं सहभागिताको दृष्टिकोणले स्वास्थ्य तथा सुपोषण, जल तथा सफाई, उर्जा, शिक्षा, ग्रामिक जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन, सहरी क्षेत्र गरीबी निवारण, नागरिक समाजको परिमार्जन तथा सुशासन, पत्रकारिता, कला, कौशल र संस्कृति तथा विविध रोजगारी आदि विभिन्न क्षेत्रमा अन्वेषण गर्ने कार्यमा सहयोग गर्दै आएको छ ।

सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।
संस्थाले वृद्ध नागरिक, नाबालक टुहुरा तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पुनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।