२८ जेठ २०८३, बिहीबार
बारा विपद्

एउटी आमा जसले ४५ दिनकी छोरीलाई बचाएर आफू मृत्युवरण गरिन्

चैत १९, २०७५
एउटी आमा जसले ४५ दिनकी छोरीलाई बचाएर आफू मृत्युवरण गरिन्

बारा –बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियाकी मालती दास आइतवार बेलुका घरमा खाना बनाउँदै थिइन् । 

उनको काखमै थिइन्, ४५ दिनकी छोरी पनि । इँटा र माटोले बनाइएको कच्ची घर थियो उनको ।

एक्कासि नसोचेको घटना भयो । हावाहुरी मडारिएर आयो ।

हावाले छानो उडायो । घर भत्कायो ।

उनले छोरीलाई काखी च्यापिरहिन् । पत्तो नपाउँदै माथिबाट बाँस खसेर उनको ढाडमा च्याप्यो ।

घोप्टो परेर काखी च्यापेकाले छोरीलाई केही हुन पाएन । तर उनी बेहोस् भइन् ।

ससुरा नरेश दास र जेठी छोरी पूजा पनि घरमै थिए ।

घटना यसरी अपर्झट भयो कि उनीहरूले केही गर्नै भ्याएनन्, मात्र त्यो कहालीलाग्दो क्षणको साक्षी बने ।

हावाहुरी सकिएपछि मालतीलाई अस्पताल लगियो । 

दुर्भाग्य ! उनले प्राण त्यागिसकेकी रहिछन् ।

परिवारमा नसोचेको बज्रपात आइलागेको छ । बुहारीलाई बचाउन नसकिएको पीडामा भावविह्वल छन्, नरेश ।

४५ दिने नाबालिकालाई त के भयो भन्ने नै थाहा छैन, तर पूजा आमालाई सम्झिएर भक्कानिँदैछिन् ।

आफ्नै आमाको त्यो अवस्था देखेकी पूजाको बाल मस्तिस्कमा नराम्रो असर परेको छ ।

आमाको न्यानो काख त गुमएकी छन् नै जिन्दगीभरलाई घोचिरहरने कहालीलाग्दो दृष्य पनि उनको मानसपटलमा नाचिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्