२८ जेठ २०८३, बिहीबार

उद्धारमा खटिएका उपराष्ट्रपति पुत्र दिपेश भन्छन्- पीडित परिवारमा मनोवैज्ञानिक त्रास छ

उद्धारमा खटिएका उपराष्ट्रपति पुत्र दिपेश भन्छन्- पीडित परिवारमा मनोवैज्ञानिक त्रास छ

बारा-उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का पुत्र तथा विद्यार्थी नेता दिपेश पुन रातारात बारा-पर्साको आँधीहुरी प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धार कार्यमा खटिइरहेका छन् । 

आइतवार बेलुकासम्म काठमाडौंमै रहेका पुन आँधीहुरीबाट जनधनको ठूलो क्षति भएको थाहा पाउनेबित्तिकै राति नै प्रभावित क्षेत्रमा गई राहत तथा उद्धार कार्यमा खटिएका हुन् ।

अहिले पनि घटनास्थलमै रहेका पुनले लोकान्तरसँग बारा विपद्को परिदृश्यबारे यसरी सुनाए : 

'म सुत्ने तरखरमा थिएँ । समाचारहरू आए । बारा-पर्सामा ठूलो हुरीबतास आएर क्षति भएको र मानिसहरूको ज्यान गएको भन्ने सुनेँ । प्रकृतिलाई कसैले पनि बुझ्न सक्दैन भन्ने लाग्यो । अनि मलाई पनि जानुपर्छ भने मनैदेखि आयो । यहाँ बसेर हुन्न भन्ने लाग्यो । भूकम्प आएको बेलामा पनि राहत तथा उद्धार कार्यमा खटिएको थिएँ । त्यसपछि लुगा लगाएँ । संगठनका साथीहरूलाई फोन गरेँ । राति नै हिँडिहालेँ । थानकोट कट्दा रातिको एक बजिसकेको थियो । हामीले संगठनका साथीहरूलाई खबर गरेर ब्लड डोनेसन गर्‍यौं । हामी यहाँ आइपुग्दा घरहरू भत्किएको तथा मानिसहरूमा बिचल्ली भएको देख्यौं । हावाहुरीबाट प्रभावित विभिन्न ठाउँमा गएर राहतहरू वितरण गर्‍यौं । उद्धार कार्यमा खट्यौं । घाइतेहरूलाई भेट्यौं । 

मलाई अहिले पनि के लाग्छ भने घाइते र मृतक परिवारमा अझै पनि मनोवैज्ञानिक त्रास कायमै छ । एक्कासि घटना घटेपछि उहाँहरूमा ठूलो समस्या भएको हो । हाम्रो मौसम विभागले पहिल्यै नै अनुमान गरिदिएको भए मानिसहरू सकुशल हुन्थे होला । मानवीय क्षति हुँदैन थियो होला । तर अकस्मात आइदियो । यहाँको अवस्था हेर्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ । संगठनका साथीहरूलाई पनि भनेका छौं । राहत तथा उद्धारमा हामी खटेका छौं । राहतमा सरकारले ध्यान दिनुपर्‍यो ।'

salt training

कमेन्ट गर्नुहोस्