
काठमाडौं – इटलीको एक टापुमा पत्थरहरूको बीचमा फसेको एक गाईलाई उद्धार गर्नका लागि उद्धारकर्मीहरूले हेलिकप्टर प्रयोग गरेका छन् ।
हेलिकप्टरले गाईलाई उडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गाई एक शिकारीबाट बच्नका लागि पत्थर भएको ठाउँमा पुगेको बताइएको छ । त्यसक्रममा गाई फसेको थियो । स्थानीयहरूले गाई निकाल्नका लागि फायर डिपार्टमेन्टलाई फोन गरेका थिए ।
उद्धारकर्मीहरू घटनास्थलमा पुगेर गाईलाई सुर्केनीले बाँधे । उचाल्दा सन्तुलन मिलोस् भनी गाईको मेरुदण्ड र टाउकोमा पनि डोरी बाँधिएको थियो ।
यसअघि सन् २०१७ मा पनि भेरोना शहरमा पहाडबाट चिप्लेर लडेकी गाईलाई उद्धारकर्मीहरूले हेलिकप्टर प्रयोग गरेर बचाएका थिए ।
एजेन्सी