
काठमाडौं- कुनैबेला फिल्म क्षेत्रमा नायक दिलीप रायमाझीको राम्रो दबदबा थियो ।
चकलेटी लुक्सका दिलीपले नृत्य र अभिनयबाट लाखौं प्रशंसक कमाए । दर्शकलाई दर्जनौं हिट फिल्म दिए ।
तर फिल्ममा ब्यस्त रहँदै गर्दा दिलीप एकाएक अमेरिका हानिए र केही वर्ष फिल्ममा देखिएनन् ।
धेरै वर्षपछि यसवर्ष दिलीपलाई दर्शकले फिल्मको पर्दामा हेर्न पाए, तर अतिथि भूमिकामा । साउनमा प्रदर्शनमा आएको ‘कहीँ कतै’ र भदौंमा प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल ५’ मा दिलीप छोटो भूमिकामा देखिएका थिए । अहिले पनि दिलीप नेपालमा छन्, तर उनको हातमा कुनै फिल्म छैन ।

फिल्म हात नलागेपछि हिजोआज दिलीपको ब्यस्तता म्यूजिक भिडियोमा देखिन्छ । उनले हप्तैपिच्छे म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन । कुनै भिडियोमा मरिष्का पोखरेल त कुनैमा प्रियंका कार्कीसंग दिलीपले स्किृन शेयर गरेका छन् । ति गीतहरु क्रमश सार्वजनिक हुनेछन् ।
एकताका फिल्ममा आफ्नो छुट्टै क्रेज कायम गरेका दिलीप फेरी त्यो क्रेज फर्काउने दाउमा छन । आफैले पनि फिल्म निर्माणको जमर्को गरिरहेको दिलीप बताउँछन् । तर, म्यूजिक भिडियोमै ब्यस्त भईरहँदा उनको फिल्म चाँही कहिले आउँने हो कुन्नी !
