२८ जेठ २०८३, बिहीबार

कर्णालीका कारागारमा पुस्तकालय स्थापना गरिँदै

चैत १९, २०७५
कर्णालीका कारागारमा पुस्तकालय स्थापना गरिँदै

सुर्खेत- प्रदेश प्रहरी कार्यालय कर्णालीले प्रदेशका कारागारहरू पुस्तकालय स्थापना गर्ने भएको छ ।

प्रदेश प्रहरी प्रमुख तथा डीआईजी महेश विक्रम शाहले चैत २३ गते मुगुबाहेक सबै जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्ने गरी अघि बढेको जानकारी दिए । ‘अहिलेसम्म हामीले ८ हजार ३८ वटा पुस्तक संकलन गरिसकेका छौं । मंसिरदेखि शुरू भएको कारागारलाई किताब अभियानमा ९ लाख ६८ हजार ६७५ रुपैयाँ बराबरको प्रदेश पुस्तकालयको लागि तथा जिल्ला कारागारका लागि ११ लाख ४० हजार १९७ रुपैयाँ बराबरका पुस्तक खरीद गरेका छौं,’ उनले भने, ‘जिल्ला कारागारका लागि ४१०९ पुस्तक जम्मा गरिसकेका छौं ।’

डीआईजी शाहका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पाँच लाख बराबरका पुस्तक खरीद गर्न सहयोग गरेको जानकारी दिए । ‘प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । देश तथा विदेशबाट पुस्तक सहयोग गर्न चाहनेले सम्पर्क गरिराख्नु भएको छ,’ उनले भने, ‘हामी उहाँहरूसँग कसरी सहयोग ग्रहण गर्ने भन्ने योजना बनाइरहेका छौं ।’

डीआईजी शाहले हरेक कारागारमा बुक क्लब गठन गरिने जानकारी दिए । ‘हामीले हरेक कारागारमा बुक क्लब गठन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘ती क्लबमा सहभागी हुनेहरूले हरेक शनिवार कारागारमा पुस्तको समीक्षा गर्ने, पुस्तक नपढ्नेलाई पढ्न प्रेरणा दिने जस्ता कामहरू गर्नेछन् ।’ उनले हरेक कैदीमा अध्ययन गर्ने प्रचलन कायम गराउन र पुस्तकका माध्यमबाट कैदीहरूलाई सुधार गर्न सहयोग मिल्ने अपेक्षासहित यो कार्यक्रम लागू गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्