१७ असार २०८३, बुधबार

पापी पति : टाउको मुडुलो बनाएर फलामको रडले नराम्ररी पिटे पत्नीलाई

पापी पति : टाउको मुडुलो बनाएर फलामको रडले नराम्ररी पिटे पत्नीलाई

काठमाडौं – पाकिस्तानमा महिलामाथिको अमानवीय व्यवहारको लज्जाजनक घटना सार्वजनिक भएको छ । 

लाहौरकी असमा अजीजले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर आफ्नो पीडादायी कथा सुनाएकी छन् । आसमाका अनुसार, उनका पति मियाँ फैसलले साथीहरूका अगाडि उनलाई नाच्न लगाए अनि अस्वीकार गर्दा उनको टाउको

मुडुलो बनाएर उनलाई लुगा खोल्न लगाएर फलामको छडले बेस्सरी पिटे । 

भोलिपल्ट उनी भागेर प्रहरीकहाँ पुगिन् तर प्रहरीले रिपोर्ट लेख्नका लागि उनीसँग पैसा माग्यो । 

पछि असमाको भिडियो भाइरल भएपछि प्रहरीले फैसल र उनका साथीहरूलाई पक्राउ ग–यो । असमाको कपाल काट्नका लागि प्रयोग गरिएको ट्रिमर पनि प्रहरीले फैसलको घरबाट बरामद ग–यो । 

पाकिस्तानकी मानवअधिकार मन्त्री शिरीन माजरीले घटनामा कारवाहीको आदेश दिएकी छन् । 

जिओ टीभीका अनुसार, असमा र फैसलको बिहे चार वर्षअघि भएको थियो । उनीहरूका तीन सन्तान छन् । असमाको मातापिता बितिसकेका छन् । 

असमाको स्वास्थ्य जाँचमा उनीमाथि भएको कुटपिट पुष्टि भएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्