×

NMB BANK
NIC ASIA

बारा विपद्

आँधीहुरी प्रभावितलाई शौच गर्न समस्या, महिलालाई सेनेटरी प्याड दिन सुझाव

चैत २०, २०७५

NTC
Premier Steels

जनकपुरधाम– बारा जिल्लामा आएको विनासकारी आँधीहुरीका कारण महिलाहरूलाई शौच गर्न समस्या भएको छ । घरसँग शौचालय पनि भत्किएकाले गाउँका पीडित महिलाहरूलाई शौचालयका लागि समस्या आई लागेको हो ।

Muktinath Bank

‘हुरी बतासका कारण घरसँगै शौचालय पनि भत्कियो, ‘बाराको फेटा गाउँपालिका वडा नम्बर ३ पुरनिया गछिया टोलकी एकबाल मियाँकी जेठी छोरी तहजुन नेसाले भनिन्, ‘शौचालय नभए पछि शौचका लागि महिलाहरूलाई धेरै अफ्ट्यारो भएको छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्र होइन उनीहरू कपडा अभावका कारण दुई दिनदेखि नुहाएका पनि छैनन् । दिसा पिसाब लाग्दा खुला खेतमै जानु पर्ने बाध्यता सुनाउँदै उनले भनिन्, ‘त्यो पनि दिनमा जान सकिएको छैन, रातमा मात्र शौचालय गर्न खेतमा जानुपर्ने स्थिति छ ।’


Advertisment
Nabil box
Kumari

मंगलवार उनको गाउँमा मेला नै लागेको थियो । १० हजारभन्दा बढी मानिसहरू गाउँमा आएका कारण दिनमा खेतमा शौच गर्न सम्भव नभएकाले प्रायःजसो महिलाले दिसा पिसाबलाई रोकेर राख्नु परेको उनले सुनाइन् । नेसाले घरमा उनका आमा मोबिना खातुन, भाइबुहारीहरू बिस्मिल्ला खातुन, कालमा खातुन  र उनकी बहिनी सियाना खातुन गरी पाँच जना महिला सदस्य छन् । 

Vianet communication

बुहारी बिस्मिल्ला घाइते छिन् । अर्की बुहारी कालमा खातुन गर्भवती पनि छन् । उनले भनिन्, ‘गर्भवती हुँदाहुँदै पनि घरबाट बाहिर निस्किने बेला पर्खालले उनी किचिएर घाइते भइन् ।’ उनको विरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । 

सोही गाउँकी ३५ बर्षीया महिला मायदा खातुन खुला चापाकलमैं नुहाई रहेकी थिइन् । हावाहुरीले संरचना भत्काइदिएपछि उनी खुला आकाशमुनी नुहाउन बाध्य भएकी हुन् । मंगलवार दिनको करिब २ बजे चापाकलमा नुहाउँदै थिइन् । उनको पनि घरसंगै शौचालय पनि भत्किएको छ । ‘घर भत्किनुका साथै सबै सामान हुरी बतासले उडाएर लग्यो,’ उनले लोकान्तर संग भनिन्, ‘कपडा लत्ता समेत नभएकाले चापाकलमा टाउको नुहाउन लागेको हो ।’ 

पहिले उनको घरमा रहेको चापाकलमा चारै तिरबाट पर्खालले घेरिएको थियो । चापाकलमैं नुहाउने घर समेत बनेकाले घरका सबै महिला सदस्यहरू त्यहाँ नुहाउने गर्थे । तर, अहिले खुला रुपमै नुहाउनु पर्ने स्थिति आएको छ । एक त आँधीका कारण गाउँमा ठूलो बज्रपात भएको छ, अर्को तर्फ महिलाहरूलाई आएको यो समस्या सामधान गर्नु अत्यन्तै आवश्यक रहेको भन्दै मायदा खातुनले भनिन्, ‘के सरकारले हाम्रो लागि सेफ्टी ट्यांक बनाइ दिन्छ ?’ 

शौचालयलाई गाउँमा सेफ्टी ट्यांक नै भन्ने गरिएको छ । प्रदेश सरकारले प्रभावितहरूको पुनर्वासका लागि घर बनाउने घोषणा पनि गरि सकेको लोकान्तरले उनलाई जानकारी गराउँदा उनी आश्चर्यचकित हुँदै सोध्न थालिन्, ‘ए सरकारले हामीलाई घर बनाई दिन्छ त ।’ कतिवटा कोठाको घर बनाई दिन्छ, शौचालयसहितको घर बनाउछ त भन्दै उनले प्रश्न गरेकी थिइन् ।

महिनावारी भएका महिलालाई समस्या 
सोही गाउँकी ४५ बर्षीया नाजमा खातुले शौचालय समस्यासंगै महिलाहरूको अर्को समस्या बारे ध्यानाकर्षण गराइन् । उनको घरमा ३ छोरी र १ बुहारी छन् । महिलाहरूलाई हुने गरेको महिनावारीका लागि सरकार वा राहत ल्याउने संस्थाले सेनेटरी प्याड समेत ल्याउनुपर्ने उनले सुझाव छ ।

‘गाउँमा कतिपय महिला महिनावारी भएका हुन सक्छन् । अहिले सबै लत्ताकपडा भग्नावशेषमा दबिएका कारण महिलाको इज्जत जोगाउन समस्या परेको हुन सक्छ ? गाउँमा अहिले पनि महिलाहरूले महिनावारी हुँदा कपडा नै प्रयोग गर्ने गरेको उनले सुनाइन् । उनका अनुसार महिलाले महिनावारी हुँदा प्याड प्रयोग गर्दैनन् । प्याड पनि राहत सामग्री संगै ल्याउँदा उपयुक्त हुने उनले बताइन् ।

गाउँमा कतिपय सुत्केरी महिला तथा गर्भवती महिलालाई समेत अप्ठ्यारो हुने गरेको छ । उनीहरूको पर्याप्त हेरचाह वा स्यारसुसारका लागि आवश्यक पर्ने ओत वा छत समेत नहुँदा बढी नै समस्या भई रहेको खातुनले जानकारी दिइन् । आइतवार राति आएको विनासकारी आँधीहुरीका कारण बारा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । घर भत्किएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x