२९ जेठ २०८३, शुक्रबार

बाराका घाइतेका लागि कर्णालीमा रक्तदान

बाराका घाइतेका लागि कर्णालीमा रक्तदान

सुर्खेत– बारामा आएको आँधीहुरीका कारण घाइते भएकाहरूका लागि विद्यार्थीहरूले मंगलबार रक्तदान गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्राङ्गणमा मंगलबार ४६ जनाले रक्तदान गरेका हुन् ।

कर्णाली इन्जिनियरिङ्ग विद्यार्थी समाज तथा तराई इन्जिनियरिङ्ग विद्यार्थी समाजको संयुक्त आयोजनामा रक्तदान भएको हो । रक्तदान तथा साधारण स्वास्थ्य चेकजाँच कार्यक्रममा ३०७ जनाले परीक्षण गराएका थिए । स्वास्थ्य जाँचमा रगत जाँच, ब्लड प्रेसरलगायतको जाँच भएको आयोजनक टिमका सल्लाहकार रत्न शर्माले जानकारी दिए ।

‘हामीले कर्णालीका युवा विद्यार्थीहरु बारामा भएका घाइतेहरुका लागि केहि गर्न सक्छौं कि भनेर यो अभियान चलाएका हौं ।’ उनले भने, ‘त्यहाँ अहिले रगत अभाव भएको खबरले हामीलाई दुःखी बनायो । त्यहि समस्या समाधान गर्न हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं ।’

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले तराईमा दुःख पर्दा पहाडलाई दुख्ने गरेको इतिहास रहेको बताए । ‘हामी पहाडी भएपनि तराईवासी भएपनि चोट सबैलाई उत्तिकै परेको छ । यस दुःखद घडिमा हामीले बारामा घाईते भएकाहरुलाई रगत अभाव नहोस भनेर रक्तदान गरेका हौं ।’ उनले भने, ‘आगामी दिनमा थप रगत आवश्यक परे हामी दिन तयार छौं ।’ तराई, हिमाल र पहाड जहाँ बसेपनि सबै नेपाली भएको र सबै नेपालीको पीडामा आफूहरु मल्हम लगाउन तयार रहेको प्रतिक्रिया दिए ।

salt training

कमेन्ट गर्नुहोस्