
रुस, २ पुस– अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भूमिका खेलको अमेरिकी आरोपको रुसले खण्डन गरेको छ ।
रुसले चुनावमा भएको भनिएको ‘ह्याकिङ’को प्रमाण दिन अमेरिकालाई चुनौति दिएको छ । रुसले प्रमाण दिन नसक्ने हो भने रुसमाथि अनावश्यक आरोप नलगाउन चेतावनी दिएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सरकारी स्तरबाट यस्तो कार्य नहुने भन्दै अमेरिकालाई विना प्रमाण बोल्ने अधिकार नभएको बताए ।