२३ असार २०८३, मंगलबार

कांग्रेसको घोषणापत्रमाथि मोदीको आक्रमण : देशद्रोहीलाई प्रोत्साहन गरेको आरोप

कांग्रेसको घोषणापत्रमाथि मोदीको आक्रमण : देशद्रोहीलाई प्रोत्साहन गरेको आरोप

काठमाडौं – भारतीय कांग्रेसको घोषणापत्रमा राजद्रोहको धारा हटाउने वाचामा प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार चर्को आक्रमण गरेका छन् । 

अरुणाचल प्रदेशको पासीघाटमा एक सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘कांग्रेसले देशलाई गाली गर्नेहरूका लागि एक योजना ल्याएको छ । भारत तेरे टुकडे होंगे भनी नारा लगाउने, राष्ट्रिय झण्डा जलाउने र अम्बेडकरका मूर्ति तोड्नेप्रति कांग्रेसमा सहानुभूति छ । भारतको संविधान नमान्नेहरूलाई बचाउने वाचा पनि कांग्रेसले गरेको छ । 

प्रधानमन्त्री मोदीले कांग्रेसको घोषणापत्रमा गहिरो व्यंग्य गर्दै त्यसलाई ढकोसलापत्र नाम दिए । एकातर्फ बलियो सोच भएको सरकार अनि अर्कोतर्फ झूटा वाचा गर्ने दल रहेको उनको भनाइ छ । उनीहरूको घोषणापत्रमा झूटै झूट भएको उनले बताए । 

मोदीले यो चुनाव संकल्प र षड्यन्त्र तथा भ्रष्टाचार र भरोसाबीचको चुनाव भएको बताए । परम्परा र परिधानको सम्मान गर्नेविरुद्ध अपमान गर्नेहरू लडिरहेको उनको भनाइ छ । 

कांग्रेसका वाचा धोकाधडी भएको बताउँदै मोदीले आफ्नो सरकारको रिपोर्ट कार्ड प्रस्तुत गरे । आफ्नो कार्यकालमा देशको हरेक घरमा बिजुली पु–याउन काम गरेको उनले बताए । कांग्रेसले यो वाचा सन् २००४ मा गरेको तर २०१४ सम्म पनि पूरा नगरेको उनको आरोप छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्