०५ असार २०८३, शुक्रबार

द कपिल शर्मा शोमा कहिले फर्किन्छन् सिद्धू ?

द कपिल शर्मा शोमा कहिले फर्किन्छन् सिद्धू ?

काठमाडौं – भारतीय टीभीको लोकप्रिय कमेडी शो द कपिल शर्मा शोमा नवजोत सिंह सिद्धू नदेखिएको धेरै भइसकेको छ । 

सिद्धूको चर्को हाँसोले शोको शोभा बढाउने गर्थ्यो तर अहिले उनको ठाउँमा अर्चना पूरण सिंह देखिन्छिन् । 

तर सिद्धू फेरि शोमा फर्किने अनुमान गरिन थालेको छ । 

हालै कपिल शर्मा एउटा पुरस्कार समारोहमा भाग लिन जाँदा पत्रकारहरूले उनलाई सिद्धूका बारेमा सोधेका थिए । कपिलले सिद्धूका बारेमा अहिल्यै केही पनि भन्न नसकिने किनकि सिद्धू लोकसभा चुनावमा व्यस्त रहेको बताएका थिए । कपिलको यो टिप्पणीबाट चुनावपछि सिद्धू फर्किने सम्भावना रहेको संकेत प्राप्त भएको छ । 

सिद्धू गएपछि शोको टीआरपी निकै घटेको छ । कम टीआरपीका कारण शोका निर्माताहरू र च्यानल पनि चिन्तित छन् । यसअघिका केही रिपोर्टमा शोका निर्माता सलमान खानले पनि सिद्धूलाई फर्काउनका लागि कोशिश गरिरहेको लेखिएको थियो । 

जम्मु कश्मीरको पुलवामामा सीआरपीएफका जवानहरूमाथि आतंकवादी आक्रमण भएपछि सिद्धूले केही गलत मानिसहरूलाई देखाएरै देशलाई नै गलत भन्न नमिल्ने भनी पाकिस्तानको बचाउ गरेका थिए । उक्त बयानपछि

सिद्धूको निकै आलोचना भएको थियो र उनी द कपिल शर्मा शोबाट हट्नुपरेको थियो र अर्चना पूरण सिंह शोमा भित्रिएकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्