२३ असार २०८३, मंगलबार

उद्योगहरू हिन्दू धर्मका गौमाता जस्ता, त्यत्तिकै दाना हाल्नुपर्ने - प्रधानमन्त्री ओली

उद्योगहरू हिन्दू धर्मका गौमाता जस्ता, त्यत्तिकै दाना हाल्नुपर्ने  - प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापकीय कमजोरीले चल्न नसकेका उद्योग सञ्चालनमा ल्याउने बताएका छन् ।

राष्ट्रिय विकास परिषद बैठकको समापन कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय कमजोरी लगायत विभिन्न कारणले सञ्चालनमा आउन नसकेका उद्योगहरु सञ्चालनमा ल्याइने बताएका हुन् ।

उद्योग सञ्चालनमा ल्याउने वा बन्द गर्ने भन्ने विषयमा अध्ययन भइरहेको भन्दै सञ्चालनमा ल्याउन मिल्ने उद्योग सञ्चालनमा ल्याइने र बन्द गर्नु पर्ने उद्योग बन्द गरिने बताए । ‘हिजो व्यवस्थापकिय गल्तीका कारणले उद्योगहरु चल्न सकेका छैनन् र रुग्ण बनेका हुन् भने ती नचलेका उद्योगहरुलाई पनि हामी चलाउँछौं’ उनले भने, ‘कतिपय सेतो हात्ती जस्ता उद्योग छन् । सेतो हात्ती त चढ्न त काम लाग्छ । चढ्न पनि काम नलाग्ने, थेग्न पनि नसकिने त्यस प्रकारका उद्योगहरु कतिपय छन् । त्यस्ता बन्द गर्नु पर्छ । मर्जर गर्नु पर्छ ।’

त्यस्तै उनले कतिपय उद्योगहरु हिन्दु धर्मका गौमाता जस्ता भएका टिप्पणी गरे ।

गौमाताका नाममा गाईलाई बुढो भएर पनि पाल्नु पर्ने अवस्था हिन्दु धर्ममा रहेको भन्दै ओलीले कतिपय उद्योगहरु त्यस्ता समेत रहेका टिप्पणी गरे ।

‘कतिपय उद्योगहरु हिन्दु धर्ममा गौमाता भनेर थारो भइसकेपछि पनि गाईलाई दानापनी खुवाइराख्नु पर्छ । किन भने गौमाता हो । त्यो हाम्रो धर्म हो । केही गौमाता जस्तै छन् । दुध पनि दिँदैनन् । व्याउदैनन् पनि केही पनि गदैनन् । रोजगारी पनि दिँदैनन् मान्छेलाई तैपनि हामी दानपानी हालेका छौं हालेका छौं । यो कुराहरु उपयुक्त होइन । त्यो रोक्नु पर्छ। ।’
 

salt training

कमेन्ट गर्नुहोस्