२५ जेठ २०८३, सोमबार

उद्योगी गोल्छाको निधन

उद्योगी गोल्छाको निधन

विराटनगर- उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । उनको गएराति भारतको चेन्नईमा ६७ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ । उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका हुन् ।

२ दर्जन बढी उद्योगको नेतृत्व गरेका उनको नेपालमा औद्योगिक क्षेत्रमा ठूलो लगानी थियो । हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायत उद्योग उनको लगानीमा सञ्चालित छन् । विराटनगरमा लामो समय बसेका गोल्छा पछिल्लो समय काठमाडौंका शंखमुलमा बस्दै आएका थिए ।

दिवाकर गोल्छाको निधनले आधुनिक औद्योगिक क्रान्तिमा ठूलो क्षती भएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए । ‘दिवाकर गोल्छाको निधनसँगै औद्योगिक क्षेत्रले असल अभिभावक गुमाउनु परेको छ,' उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले भने, ‘मुलुकले औद्योगिक क्षेत्रमा क्षति व्यहोरेको छ ।’

औद्योगिकरणका लागि गोल्छाको योगदान अतुलनीय थियो । गम्भीर विरामी भएका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो । उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए । उनको शव आजै काठमाडौको पशुपतिमा अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्