
काठमाडौं– बुधवार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको भाउ तोलाको ७४० रुपैयाँ थियो ।