
काठमाडौं- मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ ।
टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ । तर मोफसल यात्रामा चलचित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि बिरामी उनि मुम्बईमा उपचाररत छिन् ।
उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै चलचित्रलाई धेरै सम्झिरहेको बताएकी छन् । प्रचार–प्रसारमा उपस्थित हुन नपाउँदाको पल आफूले जीवनमै सबैभन्दा धेरै सम्झिरहेको पल रहेको निरुताले बताएकी छन् । साथै उनले आफू बिरामी रहेको र चाँडै निको भएर प्रचार–प्रसारमा सामेल हुने विश्वास व्यक्त गरेकी छन् ।
लामो समयपछि नेपाली चलचित्रमा फर्किएकी निरुता नेपालमा रहँदा रुघा खोकी लागिरहने र औषधिले पनि काम नगरेपछि मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए ।
सुदन केसीको निर्देशनमा बनेको चलचित्र ‘दाल भात तरकारी’ बैशाख २० गतेबाट प्रदर्शनमा आउँदैछ ।
यस्तो छ निरुताको फेसबुक स्टाटस :