२५ असार २०८३, बिहीबार

दुई आयोजनाको विद्युत किनबेच सम्झौता

दुई आयोजनाको विद्युत किनबेच सम्झौता
फाइल फोटो

बलेवा- बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो । 

आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ (धौलागिरि सेम) प्रालि बागलुङबीच मंगलवार विद्युत् खरीदबिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको हो । धौलागिरि सेम प्रालिद्वारा प्रवर्द्धितमध्ये दरमखोला ‘ए’ साना जलविद्युत् आयोजनाबाट तीन मेगावाट र मध्य दरमखोला ‘बी’ साना जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत उत्पादन हुनेछ ।

सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार प्रवर्द्धक कम्पनी धौलागिरि सेम प्रालिले दुवै आयोजनाबाट विसं २०७८ जेठ ३१ सम्ममा विद्युत् उत्पादनगरी नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ‘ए’ को व्यापारिक विद्युत् उत्पादन मिति विसं २०७७ चैत ३१ र मध्ये दरमखोला ‘बी’ को विद्युत् उत्पादन विसं २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बैंकको ऋण सहयोगमा सम्पन्न गरिने धौलागिरि सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिए । 

दुवै आयोजनाको पीपीए ‘टेक अर पे’को नीतिमा गरिएको अध्यक्ष गौतमले बताए । दुवै आयोजनाबाट उत्पादित विद्युतलाई नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा र वर्षायाम (वैशाखदेखि मङ्सिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरीद गर्नेछ । दुवै आयोजनाबाट वार्षिक चार करोड ४५ लाख १३ हजार २६९ यूनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्