
काठमाडौं – टीसीएल ब्राण्ड विश्वकै दोस्रो ठूलो टीभी ब्राण्ड बन्न सफल भएको छ ।
नयाँ आयाम र उत्पादनको डिजाइन थप्न सधै अग्रसर टीसीएल ब्राण्डलाई आईएचसीबाट प्रमाणित गरिएको हो ।
टीसीएल ब्राण्ड उपभोक्तामाझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ । छोटो समयमा नै नेपाली बजारमा टीसीएल ब्राण्डले लोकप्रियता हासिल गर्न सफल भएको छ । २० ईन्चदेखि ६५ ईन्चसम्मको स्मार्ट र ननस्मार्ट मोडलहरूमा उपलब्ध टीसीएल ब्राण्डले नेपालमा गूगल एन्ड्रोइड टीभी पनि भित्र्याएको छ ।
ग्राहकहरुको उच्च रोजाइ बन्न सफल भएको टीसीएल ब्राण्डले आफ्ना टीभीमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
नेपालका लागि यसको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।