२७ असार २०८३, शनिबार

आईएमई जनरल इन्स्योरेन्सले नेपालमै पहिलोपटक जारी गर्‍यो विद्यार्थी बिमा लेख

आईएमई जनरल इन्स्योरेन्सले नेपालमै पहिलोपटक जारी गर्‍यो विद्यार्थी बिमा लेख

काठमाडौं - आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्यन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी IGI Student Policy (आइजीआई विद्यार्थी बिमालेख) शुरू गरेको छ ।

उक्त बिमालेखको सुभाारम्भ कम्पनीका सञ्चालक प्रतापजंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गरे । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेट्दै निर्जीबिमाको क्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरूलाई बिमा सुरक्षा प्रदान गर्ने हेतुले IGI Student Policy को शुभारम्भ गरेको छ ।

यस बिमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छ नै साथै निजको मातापिताको पनि सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्य पनि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले पछिल्लो समय शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा ध्यान केन्द्रित गर्दै विभिन्न बिमा सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आइजीआई विद्यार्थी बिमालेखले रक्षावरण गरिएका जोखिमहरू :

- विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा रु.१००,०००र( (एक लाख) तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बिमा अवधिभर रु.५००,०००र( (पांच लाख) बराबरको बिमांक रकम कायम गरिएको छ।
- स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बिमांक रकमको ३०० प्रतिशत (३ लाख) तथा विद्यार्थीको आमा वा बाबुको हकमा बिमांक रकमको शतप्रतिशत (५ लाख) सम्मको जोखिम बहन गरिने छ ।
- अंगभंग भएमा विमित विद्यार्थीको हकमा बिमांक रकमको शतप्रतिशत (१ लाख) सम्म तथा आमा वा बाबुको हकमा बिमांक रकमको ५० प्रतिशत (२ लाख ५० हजार) सम्म जोखिम बहन गरिने छ ।
- अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम रु.१०,०००।०० (अक्षरेपि दश हजार) मा नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिने छ ।
- औषधोपचार खर्चः
- दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बिमांक रकमको २५ प्रतिशत (रु.२५ हजार) सम्मको औषधोपचार सुविधा कायम गरिएको छ ।
- विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बिमांक रकम रु.५०,०००र(  (अक्षरेपि पचास हजार) कायम गरिएको छ ।
यसमा अस्पतालको शैया (Room/ Bed Charge) शुल्क प्रतिदिन अधिकतम रु.२,००० (दुई हजार)सम्म हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्