०६ असार २०८३, शनिबार

बन्धक बनाई राखिएकी भारतीय किशोरीको उद्धार

बन्धक बनाई राखिएकी भारतीय किशोरीको उद्धार

गौशाला–महोत्तरीको औरही नगरपालिका– १ मा दुई महिनादेखि बन्धक बनाई राखिएकी एक भारतीय किशोरीको प्रहरीले उद्धार गरेको छ ।

औरही नगरपालिका– का आलम अंसारीको घरमा बन्धक बनाई राखिएकी भारत बिहारको सीतामढी जिल्ला पिपरा बिसनपुर– ७ की १५ वर्षीया विन्दुकुमारी यादवको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सोही ठाउँका मोहमद अंसारीले किशोरीलाई ललाई फकाई ल्याएर आलमको घरमा पु¥याएका थिए । 

स्थानीयवासीले थाहा पाएपछि  प्रहरीलाई खबर गरेका थिए । मङ्गलबार ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिगएको टोलीले आलमको घरबाट किशोरीको उद्धार गरेको हो । किशोरीलाई ललाई फकाई ल्याउने अंसारीलाई समेत पक्राऊ गरी ईलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घरधनी आलम फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्