१० साउन २०८३, आइतबार

विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै विमानस्थलका महाप्रबन्धक क्षेत्रीसँग स्पष्टीकरण माग

विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै विमानस्थलका महाप्रबन्धक क्षेत्रीसँग स्पष्टीकरण माग

काठमाडौँ–अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ ।

विमानस्थलले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र फ्लाई दुबईको जहाजलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो ।

उडान उल्लङ्घनबारे विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई लिखित रूपमा स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । 

मन्त्रालयले बुधबार कार्यालय समयभित्रै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत विमानस्थललाई पत्र पठाएको बताइएको छ । विमानस्थलले मङ्गलबार राति दुबईको जहाजलाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको थियो । विमानस्थलको धावन मार्ग मर्मतका लागि यही चैत १८ देखि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्