०९ असार २०८३, मंगलबार

स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, सेवा प्रवाह अवरुद्ध

चैत २८, २०७५
स्थानीय तहमा १६ हजार कर्मचारी अभाव, सेवा प्रवाह अवरुद्ध

काठमाडौं - संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन पुगेको छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ ।

विकट जिल्लाका कतिपय स्थानीय तह भने पूर्णरूपमा कर्मचारीविहीन बन्न पुगेको जनप्रतिनिधिहरूले बताएका छन् । समायोजनपछि कर्मचारीहरू भरिने विश्वास स्थानीय तहको थियो तर अधिकांश कर्मचारीहरूले समायोजनका क्रममा संघलाई नै रोजेपछि स्थानीय तहमा ठूलो संख्यामा दरबन्दी रिक्त रहन पुगेको  खबर राजधानी दैनिकमा छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्