०५ असार २०८३, शुक्रबार

यी हुन् एकै परिवारका ५ जना अधिकृत

चैत २८, २०७५
यी हुन् एकै परिवारका ५ जना अधिकृत

 सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।
साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् । यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।राजधानी दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्