१५ असार २०८३, सोमबार

‘पिक आवर’मा काठमाडौंका कुन सडकमा कति गाडी गुड्छन् ?

चैत २८, २०७५
‘पिक आवर’मा काठमाडौंका कुन सडकमा कति गाडी गुड्छन् ?

 काठमाडौं–बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ मा जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका सहरी योजना आयोगले अहिले ‘पिक आवर’मा गुड्ने सवारी संख्या पत्ता लगाएको छ । 
महानगरपालिकाका अनुसार भक्तपुरबाट कोटेश्वरतर्फ पिक आवरमा प्रतिमिनेट ८० मोटरसाइकल र २७ गाडी गुड्छन् । 


कोटेश्वरबाट भक्तपुरतर्फ एक मिनेटमा औसत ७६ मोटरसाइकल र ३४ गाडी गुड्छन् । 

ललितपुरबाट काठमाडौं (कुपन्डोल–थापाथली) तर्फ प्रतिमिनेट ६२ मोटरसाइकल र २४ गाडी गुड्छन् । 

थापाथलीबाट कुपन्डोलतर्फ प्रतिमिनेट ३६ मोटरसाइकल र १३ गाडी गुड्छन् ।


सुन्धारा चोकबाट रत्नपार्कतर्फ  एक मिनेटमा ९९ मोटरसाइकल र ५९ गाडी गुड्छन् भने रत्नपार्क–भद्रकाली सडकमा एक मिनेटमा ८४ मोटरसाइकल र ५० गाडी गुड्छन् । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्