
काठमाडौं— सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी कित्तामा गएको राष्ट्रिय जनता पार्टी (राजपा) अब सडक आन्दोलनतर्फ लागेको छ । उसले आउँदो शुक्रबार प्रत्येक जिल्लामा प्रदर्शन र सभा गर्ने भएको छ ।
गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग राख्दै राजपाले प्रदर्शन गर्न लागेको हो । केन्द्रीयस्तरका नेतासमेत जिल्लामा जानेछन् । सरकारलाई खबरदारी गर्नका लागि सडक प्रदर्शनमा निस्कन लागेको अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले जानकारी दिए । राजपा अध्यक्षमण्डलको बिहीबारको बैठकले भने पार्टीको महाधिवेशनसम्बन्धी निर्णय लिनेछ ।, कान्तिपुरमा खबर छ ।