
गुल्मी– गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा बिहीबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु१ज १९५७ जीप बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि गुल्मीका पूर्वसासंदसमेत रहेका धुर्काेट गाँउपालिका ५ वस्तु निवासी वर्ष ६५का रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का वर्ष ८ का ओसर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए ।
जीप सडकबाट सय मिटर तल खसेको छ । जिपमा ११ जना सवार रहेका थिए । घायतेलाई उपचारका लागि तम्घास र वामी पठाइएको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक जयकुमार काहरले लोकान्तरलाई जानकारी दिए ।