एजेन्सी- कर्नाटकाको बेंगलुरुमा एक जना यतिबेला चर्चामा छन् । बेंगलुरुको राजाजीनगरमा राम मन्दिर छ, जहाँ एक मुस्लिम युवकले तीन वर्षदेखि मन्दिर सफा गरिरहेका छन् । मन्दिरको सफाइको जिम्मा सद्दाम हुसैनको काँधमा छ । उनलाई मन्दिर सफा राख्न निकै मनपर्छ । सद्दाबबारे भारतीय सञ्चारमाध्यम एनीले खबर लेखेको छ । मानिसहरू उनको कामलाई खुब प्रशंसा गरिरहेका छन् ।
राम नवमी २०१९ लाई लक्षित गर्दै उनी मन्दिरको सरसफाइमा जुटेका छन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, 'मलाई मन्दिर सफा गर्न निकै मनपर्छ । मेरो कामलाई यहाँ हरकोहीले प्रशंसा गरिरहेका छन् । मैले यहाँ २-३ वर्षदेखि काम गरिरहेको छु ।
सामाजिक सञ्जाल ट्विटरमा सद्दामको तस्वीर भाइरल भइरहेको छ । एक प्रयोगकर्ताले लेखेका छन्, 'एक सच्चा भारतीय स्वभाव । एक असल मानिस जो राष्ट्रराष्ट्र, परिवार र समाजको सेवा गर्न जानेको छ । माया र मानवता फैलाउन पनि जानेको छ ।'