माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
काठमाडौं – नियम पालना नगर्ने झण्डै ८ सय सरकारी कर्मचारीलाई सरकारले कारवाही गरेको छ ।
अनुमगनका क्रममा नियम पालना नगरेको पाइएपछि राष्ट्रिय सतकर्ता केन्द्रले गरेको सिफारिसका आधारमा ७ सय ९९ जना सरकारी कर्मचारी कारवाहीमा परेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षको चैत २० गतेसम्म गरेको अनुमगनमा १ हजार ५ सय ३४ जनाले निमय पालना नगरेको पाइएको थियो । अनुमगनका क्रममा १ हजार १ सय ३५ जना कर्मचारीले समयमै कार्यालय नपुग्ने र ३ सय ९९ जनाले तोकिएको पोशाक नलगाएको भेटिएको थियो । सोही अनुसार समयमा कार्यालय नपुग्ने र तोकिएको पोशाक नलाउने कर्मचारीलाई कारवाही गर्न भन्दै सम्बन्धित कार्यालयलाई केन्द्रले सिफारिस गरेको थियो ।
सिफारिसको आधारमा हालसम्म ७ सय ९९ जना कर्मचारीलाई कारवाही गरिएको विवरण कार्यालयमा आएको सतर्कता केन्द्रका सहसचिव विष्णुप्रसाद लामिछानेले बताए ।
नियम पालना नगर्ने कर्मचारीलाई निजामती सेवा ऐनको दफा ५५ अनुसार कारवाही गरिएको हो । सहसचिव लामिछानेले निजामती सेवा ऐन अनुसार कारवाही गरिएको जानकारी दिँदै नियम पालना नगर्ने कर्मचारीलाई कारवाहीस्वरुप चेतावनी दिइएको बताए ।
‘पहिलो र दोस्रो पटक चेतावनी हुन्छ,’ उनले भने, ‘तेस्रो पटक पनि दोहोर्यायो भने विभागीय कारवाही हुन्छ ।’
यसअघि सतर्कता केन्द्रले काठमाडौं उपत्यका सहितका ३२ जिल्लाका सरकारी कार्यालयमा अनुमगन गरेको थियो । सतर्कता केन्द्रले तनहुँ, सिन्धुपाल्चोक, सिराह, बारा, पर्सा, गोरखा, लमुजङ, सिन्धुली, महोत्तरी जिल्लाका सरकारी कार्यालयमा अुनमगन गरेको जनाएको छ ।
ओखलढुंगा, सोलुखुम्बु, बैतडी, धादिङ, नुवाकोट, रुकुम पश्चिम, दाङ र कास्की जिल्लाका गरी ५ सय १९ सरकारी कार्यालयमा अनुगमन गरिएको केन्द्रको तथ्यांक रहेको छ । विभिन्न जिल्लाका स्थानीय तह, जिल्ला कृषि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालय, नापी गरी प्रायःजसो सबै कार्यालयमा अनुमगन गरिएको सतर्कता केन्द्रले जनाएको छ ।
केन्द्रले यसअघि समेत अनुमगनको क्रममा समयको पालना गर्ने नगरेको, तोकिएको पोशाक नलगाएकाजस्ता कैफियत भेटिने गरेकाले नियम उल्लंघन नरोकिएको अनुमान लगाउन सकिने जानकार बताउँछन् ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...