३१ जेठ २०८३, आइतबार

५० ग्राम अवैध सुनसहित एकजना पक्राउ

५० ग्राम अवैध सुनसहित एकजना पक्राउ

सिरहा – प्रहरीको टोलीले सिरहाबाट ५० ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ स्थित पिप्रा टोलबाट ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–२ निवासी २५ वर्षीय मोहमद अकरामुल  राइनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ स६प ६८०१ नंको मोटरसाइकलमा आउँदै गर्दा जाँच गर्ने क्रममा अवैध सुनसहित राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्