२६ जेठ २०८३, मंगलबार

१० फोटोमा हेर्नुहोस् गर्जुधारामा भएको भयानक दुर्घटना

कात्तिक २०, २०७४
१०  फोटोमा हेर्नुहोस् गर्जुधारामा भएको भयानक दुर्घटना
काठमाडौं, ४ चैत - थानकोट कलंकी सडकको बीचमा पर्ने गर्जुधारामा भयानक दुर्घटना भएको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकलले अनियन्त्रित भइ एकै पटक अन्य चार सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।


थानकोट प्रहरी बृत्तका अनुसार ना ३ ख ९३७३ नम्बरको ट्रकलले स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रकलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर एक जनाको निधन भएको छ । अरु ७ जना घाइते भएको थानकोट प्रहरी बृत्तका डिएसपी कृष्ण पंगेनीले बताए ।



ब्रेक फेल भएपछि अनियन्त्रित भएको सडकले अन्य सवारीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका दुई जना गम्भीर छन् । विरामीहरूको बयोधा र ओम अस्पतालमा उपचार भइरहेको समेत थानकोट प्रहरीले जनाएको छ ।



ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।






तस्वीर: शिव कुमार महर्जन

salt training

कमेन्ट गर्नुहोस्