१७ असार २०८३, बुधबार

नेविसंघको कार्यक्रममा कांग्रेसकै आलोचना, अन्तर्संघर्ष चर्कियो

नेविसंघको कार्यक्रममा कांग्रेसकै आलोचना, अन्तर्संघर्ष चर्कियो

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको समूहले काठमाडौंस्थित वाल्मीकि क्याम्पसमा खबरदारीसभा गरेको छ ।

सरकारी अराजकता र प्रतिपक्षी नेपाली कांग्रेसको अकर्मन्यताविरुद्ध खबरदारीसभा आयोजना गरिएको नेविसंघका पूर्व केन्द्रीय सदस्य शुशील भट्टले बताए ।

शुक्रवार दिउँसो वाल्मीकि क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको खबरदारी सभामा करीब ५ सय व्यक्ति सहभागी थिए । काफ्लेलाई प्रमुख अतिथि बनाएर शुरू गरिएको कार्यक्रममा नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी र डिल्लीराज सुवेदी पनि सहभागी थिए ।

‘सरकार अराजक ढंगबाट अघि बढिरहेको छ, प्रतिपक्षी पनि कमजोर बनिरहेको छ,’ पूर्व केन्द्रीय सदस्य भट्टले भने, ‘प्रमुख प्रतिपक्षीको रूपमा रहेको नेविसंघको मातृ पार्टी नेपाली कांग्रेसको आन्तरिक कन्डिसन झन् खराब हुँदै गइरहेको छ । प्रतिपक्षी बलियो हुनका लागि भातृ संगठन बलियो हुनुपर्छ । तर हाम्रो मातृ पार्टी कांग्रेसले नेविसंघको निर्वाचित कार्यसमिति भंग गर्यो, महाधिवेशनको टुंगो लगाएको छैन ।’ यही कारणले यसै मञ्चबाट आफ्नै मातृ पार्टीलाई पनि खबरदारी गर्नुपरेको भट्टले बताए ।

रोचक कुरा त के भने वाल्मीकि क्याम्पसबाट ५ सय मिटरको दूरीमा रहेको राष्ट्रियसभा गृहमा ११ विद्यार्थी संगठनले अर्को कार्यक्रम चलाइरहेका छन् । जसमा नेविसंघ पनि प्रमुख आयोजक हो । एकै समयमा जम्मा ५ सय मिटरको दूरीमा नेविसंघले दुईवटा फरक–फरक कार्यक्रमको आयोजना भयो । यसबाट नेविसंघभित्र आन्तरिक विवाद कुन तहसम्म रहेको छ भन्ने छताछुल्ल हुन्छ ।

‘हामीलाई थाहा नै नदिइकन अर्कै ठाउँमा कार्यक्रम घोषणा गर्ने ? यसमा हाम्रो आपत्ति छ,’ भट्टले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममाथि संकेत गर्दै भने, ‘शाही शासनजस्तै तोक आदेशमा नेविसंघ चलाउन खोजिएको छ । यो हामीलाई मान्य हुँदैन ।’

राष्ट्रिय सभामा आयोजित ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसहित, क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष मोहन वैद्यसम्मको उपस्थिति थियो ।

गोष्ठीमा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्र पुनर्गठन गर्ने अभियानमा लागेका गोपाल किराँती, तत्कालीन वाईसीएलका उपत्यका पूर्व इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’, नेकपाका नेता ऋषि कट्टेल लगायतका नेता मञ्चमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्