२२ जेठ २०८३, शुक्रबार

विपन्न परिवारलाई स्वास्थ्य बीमा

विपन्न परिवारलाई स्वास्थ्य बीमा

पोखरा- पोखरा महानगरपालिका–१ ले वडाका विपन्न र असहाय परिवारलार्ई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ । 

विपन्न, असक्त र असहाय नागरिकको स्वास्थ्य बीमाका लागि विनियोजन गरेको रु एक लाखबाट वडाभित्रका ४० घरपरिवारलाई रु दुई हजार ५०० का दरले स्वास्थ्य बीमा गरिएको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रमअनुसार सम्पन्न स्तरीकणका आधारमा स्वास्थ्य बीमा गरेर कार्ड वितरण गरेको वडाध्यक्ष शारदाकुमारी पराजुलीले जानकारी दिइन् । एक जनाको कार्डबाट सरकारले परिवारका पाँच जना सदस्यलाई रु ५० हजार बराबरको स्वास्थ्य उपचारको व्यवस्था गरिएकोे बताउँदै उनले बीमा कार्यक्रमबाट वडाका २०० जना लाभान्वित हुने बताइन् ।  

पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार पोखरामा आयोजित एक कार्यक्रमका बीच कार्ड वितरण गर्दै महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको जानकारी दिइन् । प्रमुख आवश्यकता गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी रहेको उल्लेख गर्दै उहाँले त्यसअनुरुप प्राथमिकताका साथ आवश्यक ऐन कानून निर्माणमा जोड दिएको बताइन् ।

नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै शहरी स्वास्थ्य प्रवर्द्धनकेन्द्रसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै उपप्रमुख गुरुङले बिरामी भएपछि मात्रै उपचार गर्नेभन्दा नियमित स्वास्थ्य परीक्षण गरेर रोग लाग्न नदिने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्